नियम ४८
मेलमिलाप सम्बन्धी कार्य गर्न स्वीकृति दिने
(१) नियम ४७ बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदकलाई मेलमिलाप सम्बन्धी कार्य गर्न स्वीकृति दिन मनासिव देखिएमा परिषद्ले एकहजार रुपैयाँ दस्तुर लिई अनुसूची–१५ बमोजिमको ढाँचामा स्वीकृति दिनेछ ।
(२) परिषद्ले उपनियम (१) बमोजिम स्वीकृति दिँदा निवेदन दिने संस्थाले बनाएको मेलमिलाप सम्बन्धी कार्यविधि वा नियमावली समेत स्वीकृत गर्नु पर्नेछ ।